२०८० फागुन २२
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कार्यालय र मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा एक दिवसीय राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली सम्बन्धी अभिमूखीकरण तथा छलफल कार्यक्रम मंगलबार हेटौंडामा सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयका सचिव डा. भिष्म कुमार भुसालको अध्यक्षतामा कार्यक्रम भएको थियो । सामाजिक विकास मन्त्रालयका चन्द्र बहादुर श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा जिल्ला रोजगारदाता परिषद्का सभापति उज्वल चौलागाईले स्वागत मन्तव्य राख्नुभएको थियोभने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्रीले समापन मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली परियोजनाका प्राविधिक संयोजक सुक बहादुर चौधरीले सिटिईभिटी तथा नेपाल मापदण्ड तथा सीप परीक्षणको संक्षिप्त जानकारी, राष्ट्रिय व्यवसायिक योग्यता प्रणालीको संक्षिप्त परिचय, महत्व तथा सान्तर्भिकता, आर.पि.एल. विधिबाट सिप परीक्षण र प्रदेशमा राष्ट्रिय व्यवसायिक योग्यता प्रणालीको कार्यान्वयनमा निजी क्ष्ँेत्रको भूमिका बारे अभिमूखिकरण गर्नुभएको थियो ।
Add Comment