मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभापतित्वमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नव आगन्तुक प्रमुख, प्रहरी उपरिक्षक बामदेव गौतमको सम्मानमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताले स्वागत मन्तब्य राख्नुह“ुदै जिल्लाको समस्या र सम्भावना बुझेको प्रहरी प्रमुख पाउनु अत्यन्त खुशीको विषय रहेको बताउनु भयो । उद्योगी÷व्यवसायीलाई सुरक्षित व्यवसाय संचान गर्न सहयोग पुग्ने आशा व्यक्त गर्दै निजी क्षेत्रकोतर्फवाट पुर्ण सहयोग हुने वताउनु भयो । साथै सुखद बसाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि प्रहरी उपरीक्षक बामदेव गौतमले सवैको साथ, सहयोग, सुझावबाट अगि बढने, सिसिटिभीको लागि हेटौडा उपमहानगरपालिकासंग समन्वय गरिने, ट्राफिक ... Read More
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा एक दिवसीय व्यवसायिक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता र संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष जिवनकाजि माकजु श्रेष्ठ, भुवनलाल श्रेष्ठ, सल्लाहकार महेन्द्र राउत, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय प्रमोद सिंह रानाभाट र उज्वल चौलागाई, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिव राजाराम कार्की, नेपाली का“ग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौंडा क्याम्पसका अध्यक्ष आनन्दराम पराजुली, हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक बसन्त कुमार पाण्डे, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतम, ... Read More
दुर्घटनामा परी ज्यान गुमाउनु भएका मनहरी बजारका भा“डा व्यवसायी राजु प्रसाद साहको परिवारलाई बीमा बापतको रकम भुक्तानी गरिएको छ ।
मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बीमा बापतको रकम रु. ५ लाखको चेक मृतक व्यवसायीका छोराहरुलाई हस्तान्तरण गर्नु भएको हो ।
बैशाख २८ गते घरको छतबाट लडेर निधन हुनु भएका राजु प्रसाद साहका छोराहरु भगवान र आनन्दलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले व्यवसायिक हीतका लागि बीमा अनिबार्य भएको मनहरीको घटनाले पुष्टि गरेको बताउनुभएको थियो । उहा“ले अन्य व्यवसायीहरुलाई पनि समयमै संघको सदस्यता नवीकरण, व्यवसायिक र दुर्घटना ... Read More
मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई मंगलबार एक थान ४३ ईन्चको यलईडि टिभी हस्तान्तरण गरेको छ । ट्राफिक सम्बन्धी सूचना प्रवाहको लागि उक्त टिभी सहयोग गरिएको संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जानकारी गराउनु भयो । ट्राफिक सचेतनाको लागि टिभीको उपयोग हुने र यसबाट नागरिक सुसूचित हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मुनेन्द्र थापाको भनाई रहेको थियो । प्रहरी निरीक्षक मुनेन्द्र थापाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको कार्यालय परिसरमा नागरिकले देख्नेगरी टिभी राखिने बताउनु भएको छ ।
... Read Moreमकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा बजारको ट्राफिक व्यवस्थापन सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापा, संघका पदाधिकारी तथा सदस्यहरु र बस्तुगत संघका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम भएको हो ।
छलफलमा ट्राफिक पनि व्यवस्थित हुने र व्यवसायीहरुलाई पनि सहज हुने मध्यमार्ग पहिल्याउन सहभागिहरुले आफ्ना भनाईहरु राखेका थिए । सडकको एक तर्फ मात्र पार्किङ्गको व्यवस्था गर्नुपर्ने र हेटौंडा बजारमा पार्किङ्गको लागि उपलब्ध जमिनहरुको उपयोग गर्नुपर्ने छलफल भएको थियो ।
मकवानपुर ट्राफिक प्रहरी प्रमुख मुनेन्द्र थापाले पूर्व निर्धारित उपायहरु अवलम्बन गरिने, ट्राफिक व्यवस्थित गर्न क्रमिक ... Read More