News & Events Uncategorized

प्रजिअ चिलुवालसंग छलफल (२०८१ फागुन १)


मकवानपुर उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालसंग छलफल कार्यक्रम गरेको छ । गत जेठमा सरुवाभई हेटौंडा आउनुभएका प्रजिअ चिलुवाल अर्थ मन्त्रालय सरुवा हुदैछन् । सोही सन्दर्भमा संघमा छलफल कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बिक्रम शाह, उपअनुसन्धान निर्देशक प्रज्वल खड्का, संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गी, संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रममा नव आगन्तुक सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बिक्रम शाहको स्वागत पनि गरिएको थियो । 
कार्यक्रममा संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले प्रजिअ चिलुवालबाट उद्योगी/व्यवसायीहरुलाई सहजता प्रदान भएको बारे चर्चा गर्नुभएको थियो । उहाले अर्थ मन्त्रालयबाट व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रजिअ चिलुवालको योगदान रहने विश्वास व्यक्त गर्नुभएको थियो । संघका निवर्तमान अध्यक्ष कृष्ण कुमार गुप्ताले हेटौंडा उपमहानगरपालिका कार्यालयबाट कर बृद्धि गर्दा प्रजिअ चिलुवालले सहजिकरण गर्नुभएको चर्चा गर्नुभएको थियो । संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गीले बिभिन्न कालखण्डमा जिल्लामा आउनुभएका प्रजिअहरु र संघबीच सहकार्य हुदै आएको बताउनुभयो । उहाले सफल उद्यमीले बैंक कर्जा पाइरहने तर संघर्षरत उद्यमीले नपाउने अवस्थामा सुधार गर्नुपर्ने बताउनुभएको थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले मौद्रिक नीति प्रभावकारी हुदा राज्यको नगद प्रवाह सहज हुने बताउनुभएको थियो । उहाले नीति निर्माणबाट प्रणालीमा सुधार गर्दै समाधान खोजिनुपर्ने बताउनुभएको थियो । मकवानपुर जिल्लामा आफ्नो कार्यअवधिमा बाढीपहिरोको बिपत्ति सामना गर्नुपरेको र तत्कालै सडक मर्मत गरी संचालनमा ल्याउन सफल भएको चर्चा गर्नुभएको थियो । उहाले फास्टट्र्याक, विद्युत प्रसारण लाइन जस्ता क्ष्ँेत्रमा पनि कार्यसम्पादन गर्न पाएको बताउनुभयो । मकवानपुर जिल्लाको सुरक्षा संयन्त्र प्रभावकारी रहेको उहाको भनाई थियो । प्रविधिको उपयोग गर्दै कार्यसम्पादन प्रभावकारी गर्नुपर्ने उहाको धारणा थियो । 

बजार अनुगमन व्यवसायीलाई व्यवसाय गर्न प्रोत्साहित गर्ने मनसायबाट हुनुपर्ने, पूनर्कर्जाको अवधारणा बैंकको व्याजभार भर्पाइ मात्र हुनेगरी भन्दापनि व्यापार बृद्धि गर्नेगरी बनाउनुपर्ने, चोरीपैठारी निरुत्साहित गर्दै फेयर ट्रान्जेक्शन गर्नेलाई प्रोत्साहित गर्नेगरी नीतिगत सुधार गर्नुपर्ने, कारोबार शुन्य हुदा तिरेको कर आगामी दिनमा आयकरमा समायोजन गर्न पाउने व्यवस्था हुनुपर्ने जस्ता विषयमा चर्चा गरिएको थियो । 
कार्यक्रममा संघका महासचिव प्रतिमा श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष दिपक उप्रेतीले आफ्ना भनाई राख्नुभएको थियो । 

Welcome to Our Website

Introduction: With the goal of overall development for the district through professional rights, welfare and the promotion of entrepreneurs of trade and industry, the Makawanpur Chamber of Commerce & Industry (MCCI) was begun in 1966 (2023 BS).

MCCI is a representative organization of the private sector business community in the district. MCCI is a non-political, non-government and non-profit oriented organization aimed at the promotion of trade and Industry.

MCCI is committed to the promotion of commerce and industry in the region as well as the overall economic development of the country. MCCI has made significant contributions to trade and Industry in Makawanpur.

The organization has also been active in the field of social services for public benefit, receiving help and assistance from all public and private sectors. MCCI is an active affiliated member of the Federation of Nepalese Chamber