
मकवानपुर उद्योग वाणिज्य संघको आगामी तीन वर्षीय कार्यकालको लागि योजना कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा कार्यक्रम गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघको नयां कार्यकालको प्रारम्भमा योजना कार्यशाला गोष्ठी गर्ने प्रचलन छ । संघको कार्यसमिति, पूर्वअध्यक्ष, सल्लाहकार र कर्मचारीहरुको टोली चितवनको पटिहानी गई योजना कार्यशाला गोष्ठी गरेका हुन् । दुई दिवशीय कार्यक्रम अन्तर्गत पहिलो दिन कर्मचारी उत्प्रेरणा तालिम, मिटिङ प्रोसिजर तालिम र कार्यसमिति बैठक गरिएको थियोभने दोश्रो दिन योजना कार्यशाला गोष्ठी गरिएको हो । काठमाडौंस्थित संस्कार एकेडेमीका संचालक तथा बास्तुशास्त्री राजाबाबु साह तालिम तथा गोष्ठीको सहजकर्ता रहनुभएको थियो ।

Add Comment