
व्यवसायीले आफ्ना बस्तु बिक्रीको क्रममा प्रयोग गर्ने नापतौल उपकरणहरु नियमित जांच, दर्ता तथा नविकरण गर्नुपर्ने हुन्छ । मकवानपुर जिल्लाका व्यवसायीहरुले आफ्नो कार्यस्थलमा प्रयोग गर्ने नापतौल उपकरणहरु गुणस्तर तथा नापतौल कार्यालय वीरगंजबाट जांच गराइ दर्ता तथा नविकरण गर्नुपर्दछ । व्यवसायीहरुलाई मकवानपुर जिल्लाका विभिन्न स्थानबाट वीरगंजसम्म गइ नापतौल उपकरण दर्ता तथा नविरकण गर्न सहजता छैन । तसर्थ मकवानपुर उद्योग वाणिज्य संघको समन्वय तथा व्यवस्थापनमा गुणस्तर तथा नापतौल कार्यालय वीरगंजबाट खटिआउने टोलीमार्फत नापतौल उपकरणहरु जांच, दर्ता तथा नविकरण विगतदेखि नै गर्दैआएको छ । यस पटक मकवानपुर उद्योग वाणिज्य संघले फागुन २५ देखि २७ गतेसम्म तीनदिन नापतौल कार्यको व्यवस्थापन गरेको थियो । फागुन २५ गते मकवानपुर उद्योग वाणिज्य संघ भवनमा, २६ गते भीमफेदी र हेटौंडा बसपार्कस्थित माछामासु बजारमा र २७ गते चौघडामा नापतौल उपकरणहरु दर्ता तथा नविकरण गरेको थियो । नापतौल टोलीका अनुसार यस पटक कुल १४३ जना व्यवसायीले आफ्नो नापतौल उपकरण दर्ता तथा नविकरण सेवा लिएको र अन्य ईच्छुक व्यवसायीहरुलाई जानकारीमूलक परामर्श दिइएको थियो । त्यसैगरी सुनचांदी व्यवसायीहरुलाई संघको सहजिकरणमा नापतौल सम्बन्धी प्रशिक्षणसमेत दिइएको थियो ।

Add Comment