नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंका अध्यक्ष चन्द्र प्रसाद ढकालसहित केन्द्रीय उपाध्यक्षहरु तथा कार्यकारिणी सदस्यहरु, जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुलगायतको टोलीसंग शनिबार हेटौंडामा छलफल कार्यक्रम भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्वअध्यक्षहरु, पदाधिकारी, सदस्य तथा महिला उद्यमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटले केन्द्रीय अध्यक्षसहितको टिमलाई हेटौंडामा स्वागत गर्न पाउनू महत्वपूर्ण क्षण रहेको बताउनु हुदै जिल्लाका उद्योगी/व्यवसायीका समस्याका विषयहरु बताउनुभएको थियो ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जिल्ला/नगर उद्योग वाणिज्य संघहरुको चाहना अनुरुप केन्द्रीय अध्यक्ष पद प्रत्येक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको, जिल्ला/नगर उद्योग वाणिज्य संघहरुले पठाउने बजेट सम्बन्धी सुझावहरुलाई नेपाल सरकारको आगामी बजेट निर्माणको चरणमा प्रस्ताव र कार्यान्वयनको पहल गर्ने, रचनात्मक सुझावहरुलाई कार्यान्वयनको लागि अघि बढाउन आफू ईच्छुक रहेको, लगानीमैत्री वातावरण निर्माण गर्न सबैले प्रयत्न गर्नुपर्ने जस्ता भनाइ राख्नुभएको थियो ।
थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले उद्योग व्यवसाय क्षेत्रमा समस्या रहेकाले प्रदेश र केन्द्रका सक्षम नेतृत्वबाट समाधानको अपेक्षा राखेको बताउनु हुदै राजधानीको उद्योग व्यवसाय एक घण्टाको दुरीमा रहेको थाहा नगरमा पनि विस्तार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रतिमा श्रेष्ठले पनि मन्तव्य राख्नुभएको थियो ।
सोही कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाट सिन्धुली उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष अर्जुन कुमार श्रेष्ठलगायत पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
Introduction: With the goal of overall development for the district through professional rights, welfare and the promotion of entrepreneurs of trade and industry, the Makawanpur Chamber of Commerce & Industry (MCCI) was begun in 1966 (2023 BS).
MCCI is a representative organization of the private sector business community in the district. MCCI is a non-political, non-government and non-profit oriented organization aimed at the promotion of trade and Industry.
MCCI is committed to the promotion of commerce and industry in the region as well as the overall economic development of the country. MCCI has made significant contributions to trade and Industry in Makawanpur.
The organization has also been active in the field of social services for public benefit, receiving help and assistance from all public and private sectors. MCCI is an active affiliated member of the Federation of Nepalese Chamber
Add Comment