News & Events

एक दिवसीय कृषि सम्बन्धी गोष्ठी सम्पन्न (२०८२ आषाढ १२)


बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजना तथा मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा कृषि तथा पशुपन्छी विकास सम्बन्धी एक दिवशीय अभिमुखीकरण गोष्ठी बिहीबार हेटौंडामा सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षता तथा बागमती प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक सुधिर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरिमान श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत झरना पन्थी, मकवानपुर उद्योग वाणिज्य संघका सचिव कुल प्रसाद चौलागाई, कृषि प्रवद्र्धन समितिका संयोजक निलम कुमारी पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहु“दै मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटले कृषकहरुलाई आफ्नो कार्यक्षेत्रमा दक्ष भएर काम गर्न सघाउने हिसावले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहा“ले कार्यक्रमका प्रशिक्षकहरुबाट प्रदान हुने जानकारीहरु कृषकहरुको लागि महत्वपूर्ण हुने बताउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक सुधिर श्रेष्ठले मकवानपुर जिल्ला कृषिको लागि सम्भावनायुक्त रहेको बताउनुभएको थियो । किवी, च्याउ जस्ता कृषि उपजहरु आय बृद्धिको लागि सम्भावनायुक्त रहेको, कृषि पर्यटनको पनि मकवानपुर जिल्लामा सम्भावना रहेको, कृषकले उत्पादन गर्न जानेका हुन्छन् र त्यसको बजार व्यवस्थापनको लागि उद्योग वाणिज्य संघसंग सहकार्य अत्यावश्यक हुने उहा“को भनाइ थियो । एक गाउ“ एक उत्पादनको अवधारणामा पनि उद्योग वाणिज्य संघसंग मिलेर काम गर्न सकिने उहा“ले धारणा थियो । प्रदेश सरकारले साना सिचाइ कार्यक्रमहरु महत्वका साथ गरिरहेको, प्रदेश सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित कृषि औजार कारखानालाई मद्दत गरिरहेको, ३८ करोड लागतमा प्रादेशिक कृषि थोक बजार हेटौंडामा निर्माण भइरहेको, संविधानले स्थानीय तहलाई कृषिको महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको लगायतका भनाइहरु राख्नुभएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रतिमा श्रेष्ठले मन्तव्य राख्नुभएको थियो भने सहभागिहरुले कृषकलाई न्यूनतम र अधिकतम कति कर्जा पाइने जानकारी नभएकाले कार्यक्रममा त्यो विषय जोडिने अपेक्षा गरेको, एकल महिलालाई कृषि कर्जा प्रवाह जटिल रहेको जस्ता भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरिमान श्रेष्ठले पशुपन्छी तथा मत्स्य विकासका सम्बन्धी विभिन्न विषयहरु समेटी प्रस्तुतिकरण दिनुभएको थियो । त्यसैगरी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत झरना पन्थीले कृषि सम्बन्धमा कार्यपत्र प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा कृषि विकास बैंकका अधिकृत संजय विष्टले बैंकिङ विषय, कर्जा प्रवाह तथा अनलाइन बैंकिङ जस्ता विषयहरु समेटी प्रस्तुतिकरण गर्नुभएको थियो । साथै मउवासंघका कृषि प्रवद्र्धन समिति सदस्य तथा युवा कृषि उद्यमी फ्रेन्चु लामाले विषादीले मानव जीवनमा पार्ने असर, विषादीको सुरक्षित प्रयोग तथा भण्डारण, कृषि तथा पशुपालनमा सम्भावना र चुनौती, बजार व्यवस्थापन आदी विषयहरु समेटी प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा मकवानपुर जिल्लाका मनहरी, राक्सिराङ, कैलाश, थाहा, इन्द्रसरोवर, भीमफेदी, मकवानपुरगढी, बकैया र हेटौंडाका कृषकहरुसहित ५५ जनाको सहभागिता रहेको थियो । समापन मन्तव्य राख्नुहु“दै मउवासंघका कृषि प्रवद्र्धन समिति संयोजक निलम कुमारी पाण्डेले कृषकहरुको विभिन्न विषयहरु समेटी कृषक कै लागि समितिले आफ्नो गतिविधिहरु गरिरहेको, मकवानपुर जिल्लाका पालिकाले समन्वय गर्नेगरी मकवानपुर उद्योग वाणिज्य संघले कृषकहरुको उत्पादन बिक्रीको लागि पसल कवल निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभएको थियो ।

Welcome to Our Website

Introduction: With the goal of overall development for the district through professional rights, welfare and the promotion of entrepreneurs of trade and industry, the Makawanpur Chamber of Commerce & Industry (MCCI) was begun in 1966 (2023 BS).

MCCI is a representative organization of the private sector business community in the district. MCCI is a non-political, non-government and non-profit oriented organization aimed at the promotion of trade and Industry.

MCCI is committed to the promotion of commerce and industry in the region as well as the overall economic development of the country. MCCI has made significant contributions to trade and Industry in Makawanpur.

The organization has also been active in the field of social services for public benefit, receiving help and assistance from all public and private sectors. MCCI is an active affiliated member of the Federation of Nepalese Chamber