महिला उद्यमी विकास समितिद्वारा मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध २६ जना महिला उद्यमीहरुको सहभागितामा २०८२ आषाढ १३ र १४ गते दुई दिवसीय अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको थियो । महिला उद्यमी विकास समितिका सभापति सिता देवी भेटवालको नेतृत्वमा संघका सहकोषाध्यक्ष निलम वैद्य, पूर्वसभापति निरा गोर्खालीलगायत, समितिका पदाधिकारी, सभापति सल्लाहकार तथा महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।
भ्रमणको पहिलो दिन हेटौंडाबाट चितवन प्रस्थान गरी रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी, महिला उद्यमीहरु तथा कार्यसमिति सदस्यहरु र मउवासंघ महिला उद्यमी विकास समितिको भ्रमण टोलीबीच छलफल कार्यक्रम भएको थियो । भ्रमण टोलीलाई रत्ननगर उद्योग वाणिज्य संघले चितवनमा स्वागत गरेको थियो । रत्ननगर उवासंघ अध्यक्ष शंकर गिरीले मउवासंघ र रत्ननगर उवासंघबीच विगतदेखि नै भगिनी सम्बन्ध रहेको स्मरण गराउनुहु“दै, रत्ननगर उवासंघमा साधारण, एशोसिएट र बस्तुगत सदस्य गरी कुल २२०० सदस्य रहेको, मुख्य आम्दानीको श्रोत मेला महोत्सव रहेको, २०८२ भित्र महिला उद्यमशीलता मेला र व्यापार मेला आयोजना गर्ने, चितवनको एकसिंगे गैंडालाई अन्तराष्ट्रियस्तरमा प्रचार गर्ने अभियानमा रहेको, रत्ननगरमा रहेका सबै वडाहरुमा महिला उद्यमी समिति गठन गरी क्याण्डी, जरी तथा दुवोको माला, डालो किस्ती सजावट तालिम, फोटोग्राफी तथा भिडियोग्राफी तालिम, खोष्टाबाट चकटी तथा सजावट सामग्री, परालबाट गुन्द्री, केराको चिप्स, मःम, कोदोफापरको पिठो, गुन्द्रुकमस्यौरा जस्ता विभिन्न तालिमहरु प्रदान तथा उत्पादन गरिरहेको, वडामा हुने विभिन्न कार्यक्रमहरुमा सोही समितिले हाइजेनिक खाजा तयार गरी बिक्रीवितरण गरेर बचेको रकम महिला उद्यमीको खातामा राख्ने गरेको, महिला उद्यमीहरुले तयार गरेको सामग्रीहरुलाई ब्राण्डिङ गरेर विश्वबजारसम्म पु¥याउने लक्ष्य लिएको अध्यक्ष गिरीले बताउनुभएको थियो ।
कार्यक्रममा मउवासंघ महिला उद्यमी विकास समितिका सभापति भेटवालले महिला उद्यमी विकास समितिको स्थापनादेखि हालसम्मका गतिविधिहरुको बारेमा चर्चा गर्नुभएको थियो ।
छलफलमा दुवै संघका महिला उद्यमीहरुबीच आपसी अनुभव आदानप्रदान तथा व्यवसाय विस्तारको लागि भविष्यमा उद्यमशीलता प्रवद्र्धन सम्बन्धी संयुक्त अन्तक्र्रिया कार्यक्रम गरी छलफल चलाउने निश्कर्ष रहेको थियो ।
भ्रमणको दोश्रो दिन मनहरी फर्किइ असहाय आमाहरुको आश्रयस्थल आमा घर भ्रमण तथा छलफलपश्चात मनहरी पिस पार्क भ्रमण गरी भ्रमण टोली हेटौंडा फर्किएका थिए ।
Add Comment