
मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघको संयोजनमा नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरी दशैं सुपथ बजार संचालन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पल्पसा सदन परिसरमा मंगलबार दशैं सुपथ बजारको उद्घाटन गर्नुभएको थियो । मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्याक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । दशैंको शुभ अवसरमा उपभोक्ताहरुलाई सुपथ मुल्यमा खाद्य सामग्रीहरु उपलब्ध गराउन असोज ७ गतेदेखि ११ गतेसम्म पाच दिन दशैं सुपथ बजार संचालन हुने अध्यक्ष प्रमोद सिंह रानाभाटले बताउनुभएको थियो ।
Add Comment