प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकसंग छलफल (२०८२ आश्विन ३)
2 weeks ago
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायव उपरीक्षक श्यामु अर्यालसंग शुक्रबार हेटौंडामा छलफल कार्यक्रम आयोजना गरिएको थियो । मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा मकवानपुर जिल्लाबाट आफ्नो सेवा पूरा गरी अन्यत्र सरुवा हुने क्रममा रहनुभएका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकसंग छलफल कार्यक्रम आयोजना गरिएको हो । मउवासंघमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष रानाभाटले मन्तव्य राख्नुहुदै जिल्लाको सुरक्षा व्यवस्था कायम गर्न सफल नेतृत्व प्रदान गर्नुभएकोमा प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकलाई धन्यवाद व्यक्त गर्नुहुदै मउवासंघको निर्वाचन मर्यादित गर्न सुरक्षा सुनिश्चितताका साथै व्यवसायिक समस्याहरु हल गर्न सक्रिय भइदिनुभएकोमा आभार व्यक्त गर्नुभएको थियो । भावी दिनमा पनि सधैं साथ पाइने अपेक्षा सुनाउनुहुदै दुवैजनाको थप प्रगतिको कामना गर्नुभएको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले सुरक्षा बिना उद्योग/व्यवसाय चल्न नसक्ने बताउनुभएको थियो । उहाले लागूऔषध नियन्त्रणमा उल्लेख्य काम गर्न सकेको, चाडपर्वको समयमा चोरीका घटना बढ्न सक्ने भएकाले सचेत हुनुपर्ने, बजारको सिसिटिभी मर्मत गरेर दुरुस्त राख्नुपर्ने, व्यवसायी र प्रहरी दुवैको मनोबल उठाउन आवश्यक रहेको र दुवैपक्षको सहकार्य पनि जरुरी रहेको उहाको धारणा थियो । त्यसैगरी प्रहरी उपरीक्षक विश्वराज खड्काले जिल्लाबाट विदाइको क्रममा रहदा कार्यक्रम आयोजनाप्रति आभार व्यक्त गर्नुहुदै मकवानपुर जिल्लामा एक वर्ष सेवा अवधि पूरा गरेकाले नियमित सरुवाको चरणमा रहेको, मकवानपुर जिल्लाको व्यवसायिक वातावरण सहज पाएको, रात्रिकालिन होटल संचालनका लागि सुरक्षा व्यवस्थासहित सहजता निर्माण गरिएको, गाजा, अफिम, चरेश जस्ता लागूऔषध समातिएको, जिल्लामा दुव्र्यशनीको संख्या अधिक पाएको, यस पटकको दशैंमा सुरक्षा व्यवस्था कायम गर्ने योजना बनिसकेको जस्ता भनाइहरु राख्नुभएको थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कृष्ण कुमार गुप्ताले प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा व्यवसायिक समस्याहरुमा तत्काल सम्बोधन भएको आफ्नो अनुभव सुनाउनुहुदैं नराम्रा अनुभूतिहरु भुलेर राम्रा अनुभवहरुलाई संगाल्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिपक उप्रेती र महासचिव प्रतिमा श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।
Introduction: With the goal of overall development for the district through professional rights, welfare and the promotion of entrepreneurs of trade and industry, the Makawanpur Chamber of Commerce & Industry (MCCI) was begun in 1966 (2023 BS).
MCCI is a representative organization of the private sector business community in the district. MCCI is a non-political, non-government and non-profit oriented organization aimed at the promotion of trade and Industry.
MCCI is committed to the promotion of commerce and industry in the region as well as the overall economic development of the country. MCCI has made significant contributions to trade and Industry in Makawanpur.
The organization has also been active in the field of social services for public benefit, receiving help and assistance from all public and private sectors. MCCI is an active affiliated member of the Federation of Nepalese Chamber
Add Comment