News & Events

प्रजिअ तथा प्रहरी उपरीक्षकसंग छलफल (२०८२ कात्तिक ११)



मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा मकवानपुर जिल्लाबाट सिन्धुली जिल्लामा सरुवाको क्रममा रहनुभएका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र मकवानपुर जिल्लाको प्रहरी सुरक्षा प्रमुखको जिम्मेवारी लिइ आउनुभएका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरालगायत सुरक्षा निकायका अधिकारीहरुको उपस्थितिमा मंगलबार छलफल कार्यक्रम गरिएको छ । मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उहाले व्यवसायीका समस्याहरु आइरहने भएकाले प्रजिअ स्किम श्रेष्ठबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभयो । यसबीचमा भारतीय गाडीहरुलाई वाइपास रोडबाट जान बाध्य बनाउदा झन्झट थपिएको र पर्यटन क्ष्ँेत्रलाई निरुत्साहित गर्ने स्थिति देखिएकाले निराकरण गर्न सकिएको, २५ मिटर सडक विस्तारको अनिर्णित अवस्थाबाट छिट्टै दिर्घकालिन निकास पाउने स्थिति बारे चर्चा, राप्ती तटस्थित तरकारी बजार नजिक प्रहरी बिट आवश्यक रहेको भनाइ राख्नुहुदै प्रजिअ श्रेष्ठको थप प्रगतिको कामना गर्नुभएको थियो । त्यसैगरी प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले कार्यक्रममा मन्तव्य राख्नुहुदै सुरक्षित समाज निर्माणको लागि सबैको भूमिका महत्वपूर्ण हुने, हेटौंडा बजारको सिसिटिभी जिर्ण र प्रयोगविहिन अवस्थमा रहेकाले मर्मतसुधार र थप जडान गर्नुपर्ने देखिएको, बुद्धचोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मलगायत स्थानहरुको अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न आवश्यक रहेको, शान्तिसुरक्षा कायम गर्न प्रयत्नशील रहने र सबैबाट सहयोगको अपेक्षा राखेको पनि उहाको भनाइ थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सुरक्षा सम्बन्धी सेवामा अवधि निश्चित नहुने, जुनकुनै समयमा पनि सरुवा हुने स्वभाविक रहेको, निजी क्ष्ँेत्र बलियो नभइ देश समृद्ध नहुने, व्यक्ति रहला/नरहला तर राज्यका संयन्त्रहरु रहिरहने भएकाले निजी क्षेत्रले अपेक्षा गरेको जायज सहजिकरण प्राप्त गरिरहने, आफ्नो सेवा अवधिमा समस्या समाधानमा आफूले सबै सम्भव कामहरु सक्रियतापूर्वक सम्पन्न गर्न सकेकोमा सन्तुष्टी व्यक्त, कतिपय अवस्थामा प्रशासनले सबै गरोस् भन्ने मान्यता रहदा बदलिएको अहिलेको संघीय संरचनामा जिम्मेवारीहरु विभाजित छन् तसर्थ त्यही आधारमा बुझ्नुपर्ने र आफूले आफ्नो कार्यक्ष्ँेत्रको सिमामा रहेर कार्यसम्पादन गरेको, फुटपाथ र पार्किङ व्यवस्थित गर्न सम्बन्धित पक्षहरुले चाहेमा सुरक्षा निकायले तुरुन्तै कार्यान्वयन गर्नसक्ने, जुनकुनै विकृति र अराजकता निरुत्साहित गर्न सुरक्षा निकायलाई तत्कालै सूचना आवश्यक पर्ने भएकाले सबैले सूचना दिएर सघाउनुपर्ने, त्यसमा सुरक्षा निकाय तयार रहने, मकवानपुर उद्योग वाणिज्य संघ सक्षम भएमा सुरक्षा निकायलाई पनि सहकार्य गर्न सहज हुने, व्यवसायीहरुबाट पनि सिसिटिभी जडानमा योगदान रहेमा आफ्नो ठाउमा आफ्नोलगायत सबैको सुरक्षामा मद्दत पुग्ने, जानेर चाहेर सेवाग्राहीलाई सेवा नदिने भन्ने हुदैन तर पदीय सिमाको कारण सबै अपेक्षा पूरा गर्न सम्भव नहुने, तथापि आफ्नो सेवा अवधिमा प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्नुहुदै जेनजी प्रदर्शनीपछि कफ्र्यू र निषेधाज्ञाको समयमा नागरिकलाई दैनिक उपभोग्य सामानको अभाव नहुनेगरी व्यवस्थापन गरेकोमा मउवासंघलगायत व्यवसायीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक सन्तोष विक्रम साह, प्रहरी निरीक्षक हेमन्त चौधरी, संघका पदाधिकारी, सल्लाहकारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मउवासंघका वरिष्ठ उपाध्यक्ष दिपक उप्रेती र महासचिव प्रतिमा श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । 

  

Welcome to Our Website

Introduction: With the goal of overall development for the district through professional rights, welfare and the promotion of entrepreneurs of trade and industry, the Makawanpur Chamber of Commerce & Industry (MCCI) was begun in 1966 (2023 BS).

MCCI is a representative organization of the private sector business community in the district. MCCI is a non-political, non-government and non-profit oriented organization aimed at the promotion of trade and Industry.

MCCI is committed to the promotion of commerce and industry in the region as well as the overall economic development of the country. MCCI has made significant contributions to trade and Industry in Makawanpur.

The organization has also been active in the field of social services for public benefit, receiving help and assistance from all public and private sectors. MCCI is an active affiliated member of the Federation of Nepalese Chamber