मकवानपुर उद्योग वाणिज्य संघको सूचना
१. बिना जरिवाना संघको सदस्यता नविकरण गर्ने अवधि यहि २०८० मंसिर २९ गतेसम्म मात्र रहेकाले नविकरण बाकी रहेका सबै सदस्यहरुले समयमै नविकरण गर्नुहुन अनुरोध छ ।
२. संघको विधान अनुसार मंसिर मसान्तसम्म नविकरण गरेका सदस्यहरुले मात्र वार्षिक सभामा भाग लिन पाइने व्यवस्था रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
३. नविकरण गर्न कम्तिमा गत वर्ष कर चुक्ता गरेको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने छ ।
४. आजीवन सदस्यता नियमितताको लागि कर चुक्ता प्रमाणपत्र र फर्म नविकरण प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने छ । २०८१ आषाढ मसान्तसम्म (अवधि थप गरिएको) नियमानुसार पेश नगर्ने आजीवन सदस्यहरु स्वतः निलम्बित हुनेछन् ।
५. QR Code मार्फत पनि भुक्तानी गर्न सकिने छ । QR Code को लागि 9855070110 (WhatsApp) मा सम्पर्क गर्नुहोला ।
६. थप जानकारीको लागि संघमा सम्पर्क गर्नुहोला ।
मकवानपुर उद्योग वाणिज्य संघ
हेटौंडा, मकवानपुर
057520310
057523310
Add Comment