News & Events

मउवासंघबाट आश्रमलाई खाद्यान्न वितरण

२०८० फागुन १०


मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार खाद्यान्न वितरण गरेको छ । हेटौैंडास्थित मानव सेवा आश्रममा आश्रित असहायहरुको लागि खाद्यान्न वितरण गरिएको थियो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वको टोलीले आश्रममै गई खाद्यान्न हस्तान्तरण गरेका थिए ।