कृषि सम्बन्धमा पालिका स्तरीय योजना तर्जुमा कार्यक्रम सम्पन्न (२०८२ जेष्ठ २३)
2 weeks ago
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा एक दिवशीय कृषि सम्बन्धमा पालिका स्तरीय योजना तर्जुमा कार्यक्रम शुक्रबार हेटौंडामा सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षता, जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका उपप्रमुख सानुकाजि लुइटेल, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेल, जिल्ला समन्वय अधिकारी शान्ति बिश्वकर्मा, सशस्त्र प्रहरी बल १४ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक सन्तोषविक्रम शाह र विभिन्न पालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरुको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष तेजराज अधिकारी, कार्यसमिति सदस्यहरु, संघको कृषि प्रवर्द्धन समितिका सदस्यहरुलगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै कृषिको पक्षमा प्रिजेन्टेशन तयार गरी पालिका समक्ष प्रस्तुत भएको बताउनुहुंदै कृषि सम्बन्धी कार्यक्रम र बजारीकरणमा सहकार्य गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो । सहायक प्रजिअ राजेन्द्र प्रसाद कडेलले प्राथमिकता हेरी कृषिमा बजेट विनियोजन आवश्यक भएको बताउनु हुंदै फरक कृषि उपजहरुको एउटै सितभण्डार प्रभावकारी नहुने बताउनुभएको थियो । साथै उहांले राज्यले मात्र लगानी गरेर कृषिलाई पर्याप्त नहुने भएकाले निजी क्षेत्रले कृषिमा लगानी बढाउन आवश्यक रहेको धारणा राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले कृषि सम्बन्धमा पालिकाको नेतृत्व अत्यन्त जिम्मेवार रहनुभएको, वकैयामा कृषि ग्राम नै निर्माण गरिएको, मकवानपुरगढी र मनहरीमा कृषिमा उल्लेखनीय काम भइरहेको बताउनुभएको थियो । साथै उहांले आजको प्रस्तुतिमा प्राप्त सुझावहरु पालिकाले समेट्ने भनाइ राख्नुभएको थियो । मकवानपुर उद्योग वाणिज्य संघका कृषि प्रवद्र्धन समिति संयोजक निलम पाण्डेले स्वास्थ्यमा गम्भीर असर पर्ने विषादी नियन्त्रण गर्न आवश्यक रहेको, किसानले उचित मूल्य पाउन सित भण्डार आवश्यक रहेको, किसानको लागि मकवानपुर उद्योग वाणिज्य संघले पल्पसामा निःशुल्क पसल कवल उपलब्ध गराउने बताउनुभएको थियो । संघका महासचिव प्रतिमा श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाट कृषि प्रवर्द्धन समितिका सदस्यद्वय विवेक सुवेदी र फ्रेन्चु लामाले आगामी आ.व. २०८२÷८३ को लागि पालिकाले योजना तर्जुमा गर्न प्रस्तुतिकरणमा आएका विषयहरु समेट्न आग्रह गर्नुहुंदै प्रोजेक्टरमार्फत प्रस्तुतिकरण गर्नुभएको थियो । उहांहरुले प्रत्येक वडामा एक सित भण्डार र एक बिऊ बैंक निर्माण, प्रत्येक वडामा एक पशु तथा एक कृषि प्राविधिक नियुक्ती, वडा तहमा वडा भित्रकै उत्पादन बिक्री गर्नेगरी दैनिक वा साप्ताहिक हाट बजार संचालन, वडाभित्र उत्पादन भएका कृषि उपजहरुको न्यूनतम समर्थन मूल्य तय, उत्पादित कृषि उपजको बजारीकरणको लागि ढुवानीको सहज व्यवस्था, पशुपन्छी तथा कृषिबालीको निःशुल्क बीमा, २० वर्षभन्दा बढी कृषि गरेका कृषि उद्यमीलाई पेन्सनको सुविधा, उत्पादनको आधारमा अनुदानको प्रावधान, पालिकाभित्रका कृषि उद्यमीहरुलाई आवश्यक पर्ने प्राङ्गारिक मल, कम्पोष्ट मल, रासायनिक मल उत्पादन अथवा वितरणमा पालिकाबाट पूर्ण सहयोग तथा सहजिकरण, पालिकाभित्रका जडिबुटीहरु पहिचान, प्रशोधन र बिक्रीवितरणमा ध्यान दिनुपर्ने, पालिकातहमा जडिबुटी संकलन केन्द्र निर्माण, पालिकातहमा सर्बपक्षीय कृषि प्रवद्र्धन समिति गठन, सामुदायिक वनलगायतका उर्भर खाली जमिनहरु पहिचान गरी स्थानीय कृषक वा कृषक समूहलाई जमिन, आधुनिक कृषि प्रविधिहरुको निःशुल्क व्यवस्थापन तथा अन्य सहजिकरण, कृषि उद्यमी र कृषि उपज व्यवसायीहरुको समस्या अबिलम्ब समाधान गर्ने गर्नुपर्ने, एक गाउं एक उत्पादनको अवधारणालाई पालिकाबाट कार्यान्वयन, स्थानीय तथा रैथाने बिउंको संरक्षण तथा विकासको लागि पालिका तहमा संरक्षण केन्द्र स्थापना, पालिकाभित्र विषादी परीक्षणको व्यवस्थासहित उत्पादित बस्तुहरुको ग्रेडिङ, प्याकेजिङ र लेबलिंङको व्यवस्था, लम्पी स्किन, खोरेतलगायतका पशुचौपायामा लाग्ने रोगको भ्याक्सिन सहज उपलब्ध गराउन प्रभावकारी पहल, किसान परिचयपत्र लागू गरी बिउं पुंजी उपलब्ध गराउने, कृषि उद्यम दर्ता तथा नविकरण निःशुल्क गर्नुपर्ने, सम्पूर्ण प्रत्येक्ष कर मिनाह, कृषि उद्यमीलाई खानेपानी तथा विद्युत जडान र प्रति खपत युनिटमा सहुलियत जस्ता विषय समेटी भिजुअल प्रस्तुतिकरण दिनुभएको थियो ।
Introduction: With the goal of overall development for the district through professional rights, welfare and the promotion of entrepreneurs of trade and industry, the Makawanpur Chamber of Commerce & Industry (MCCI) was begun in 1966 (2023 BS).
MCCI is a representative organization of the private sector business community in the district. MCCI is a non-political, non-government and non-profit oriented organization aimed at the promotion of trade and Industry.
MCCI is committed to the promotion of commerce and industry in the region as well as the overall economic development of the country. MCCI has made significant contributions to trade and Industry in Makawanpur.
The organization has also been active in the field of social services for public benefit, receiving help and assistance from all public and private sectors. MCCI is an active affiliated member of the Federation of Nepalese Chamber
Add Comment