News & Events

बैंकर्ससंग बैंकिङ समस्या सम्बन्धमा छलफल (२०८२ आषाढ ८)


मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा बैंकिङ विषयमा छलफल कार्यक्रम गरिएको थियो । संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा बैंकर्सतर्फका संयोजक रविन दहालको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मउवासंघ अध्यक्ष प्रमोद सिंह रानभाटले उद्योगी/व्यवसायी र बैंकर्सबीच सहकार्य गर्दै आपसी सम्बन्ध थप मजबुत बनाउन चाहेको, व्यापारमा मन्दी कायम रहेको, हाल व्याजदर घटिरहेको, कतिपय व्यवसायीहरु व्याज तिर्न नसकिरहेको अवस्थामा रहेको, बैंकर्सले मित्रवत भइ घरका अन्य सदस्यहरुलाई नभइ उद्योगी/व्यवसायी स्वयम्लाई सम्पर्क गर्नु उत्तम हुने, ऋण लिएको शाखाबाट नै ताकेता गर्नुपर्ने, केन्द्र र प्रदेशबाट ताकेता बन्द गर्नुपर्ने, पुनर्कर्जामा व्याज रिकभरी मात्र नगरी केही लगानी गर्नसक्ने परिस्थिति निर्माण गर्नुपर्ने, ठूला ऋणीलाई जस्तै साना ऋणीलाई पनि ऋण प्रदान तथा थप ऋण प्रवाह सहज गर्नुपर्ने, व्यवसायीबाट कर्जा असुली प्रक्रियामा सघउन मउवासंघ तयार रहेकोलगायतका भनाइ राख्नुभएको थियो ।
सहभागिको तर्फबाट कुखुरा व्यवसायी रविन ढकालले एकदुई किस्ता नतिर्दैमा बैंकको केन्द्रबाट फोन आउन थालेको, किस्ता व्याज बुझाउन राती पनि फोन कल आउने गरेको, उद्देश्य अनुसार ऋण लगानी भए/नभएको निगरानी बढाउनु पर्ने जस्ता विचार व्यक्त गर्नुभएको थियो । मउवासंघ कोषाध्यक्ष तेजराज अधिकारीले उद्योग/व्यवसाय जिनतिन चलेको अवस्थाको कारण साना व्यवसायीहरुलाई सहज कर्जा प्रदान गर्नुपर्ने, पालिकामा दर्ता भएको फर्मलाई पनि सहज कर्जा प्रवाह गर्नुपर्ने, एककरोड भन्दा कम कारोवार गर्ने उद्यमीले अडिट गर्न आवश्यक नपर्ने राज्यको प्रावधान रहेकाले कम कारोवार भएकाहरुलाई बैंकले अडिट गर्न बाध्य पार्न नहुने, बीमा बाध्यकारी बनाएर त्यसमा अनावश्यक शिर्षक थपेर बढी प्रिमियम तिर्नुपर्ने बनाइएकाले सो बाध्यता हटाउनु पर्ने, उद्योगी/व्यवसायीले लाखौं करोडौंको सम्पत्ति धितो राखेर कर्जा लिएको हुदा अप्ठेरो परेको अहिलेको समयमा सहजता गरिदिन उहाले बैंकर्सहरुसंग आग्रह गर्नुभएको थियो । मउवासंघका महासचिव प्रतिमा श्रेष्ठले वैदेशिक पलायनलगायत विविध कारणले व्यवसाय धरासायी भएको अवस्था रहेकोले अकल्पनीय घटना नहोउन भन्ने अभिप्रायले सहजता सिर्जना होस् भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो । कृषि विकास बैंकका नुर प्रसाद गौतमले उद्यमी नरहदा बैंक शुन्य हुने अवस्था आउनेमा बैंकर्स सचेत रहेको, बैंकले कर्जा प्रावह गर्न चाहिरहे पनि बढेको अवस्था नरहेको, नया व्यवसाय बढेको अवस्था पनि नरहेको, ६ देखि ८ प्रतिशत व्याजदर अहिले रहेको, व्याजदर बढ्ने त्रासको कारण कर्जा प्रवाह बढ्न नसकेको तर तरलता चाही बढेको, कर्जा प्रवाहमा राष्ट्र बैंकको निर्देशिकाले बैंकलाई बाधेको, उद्योगी/व्यवसायीसंग समन्वयात्मक ढंगले नै व्यवहार गरिरहेको भनाइ राख्नुभएको थियो । पत्रकार सुरेश श्रेष्ठले बैंकर्सले नाफाको परिमाण देखाएझैं उद्यम तथा रोजगारीमा कति योगदान गरियो भनेर पनि डाटा देखाउदा उत्तम हुने, हिजोका कृषियोग्य जमिनहरु बैंककै कारण आज मूल्य बढेर बाझो अवस्थामा पुगेको धारणा राख्नुभएको थियो । कार्यक्रममा मउवासंघका सचिव कलु प्रसाद चौलागाई, कार्यसमिति सदस्य विष्णु प्रसाद दहाललगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
मकवानपुर जिल्लाका बैंकर्सहरु तर्फबाट संयोजक रविन दहालले मन्तव्य राख्नुहुदै व्यवसायी र बैंकबीच नङमासु जस्तो सम्बन्ध रहेको, व्यवसाय नरहदा बैंक पनि नरहने, बैंकले उद्यमीलाई व्यवसाय विस्तारको लागि सघाउदै आएको, व्यवसायी पिडामा हुदा दुखी हुने पक्ष नै बैंक रहेको, आन्तरिक अर्थतन्त्र सुदृढ भइ व्याज घटेको अवस्थामा उद्योगी/व्यवसायीहरु परिस्थिति भन्दा बढी निरास हुन नहुने, अहिले बैंकबाट कर्जा लिन सहज भएकाले बैंकहरुमा आइ सल्लाह परामर्श गर्न सकिने, उद्योगी/व्यवसायीलाई किस्ता व्याजको लागि ताकेता गर्नुको अर्थ थप कर्जा प्रवाह गर्नुपर्ने अवस्थामा सहज होस भनेर पनि गरिने, बैंकमा उद्योगी/व्यवसायी स्वयम् जाने, बुझ्ने, आफ्ना समस्याहरु बुझाउने गरेमा घरमै गएर परिवारका सदस्यसंग बुझ्नुपर्ने अवस्था नआउने, बचतकर्ताको बचतको सुरक्षाको लागि प्रवाह कर्जा उठाउनु अत्यावश्यक हुन्छ, कर्जा उठाउन नसकेमा बचतकर्ता निरुत्साहित हुने, कर्जा असुली नियमित नहुदा जमानी बस्ने परिवारका सदस्यले नै बैंकले समयमै नभनेको भनेर उजुरीसमेत परेको अवस्था रहेकोले समयमै किस्ता व्याज भुक्तानी नहुदा परिवारका सदस्यलाई भन्नु बैंकको कर्तव्य हुने, रातको ७–८ बजेसम्म बैंकमा बसेर उद्योगी/व्यवसायीकै लागि काम गरिरहेको भनेर बुझ्नुपर्ने, थप कर्जा नदिंदा ऋणी नडुबोस भनेर कर्जाको थप भार दिन नचाहेको भनेर बुझिदिन पर्ने, बैंकको प्रदेश कार्यालय सहजिकरण गर्न नै क्रियाशील रहेको, बेसरेट र रिस्क प्रिमियममा टाइअप गरेर व्याजदर निर्धाराण् गर्ने अभ्यास रहेको, साना व्यवसायको लागि पालिका र करचुक्ताबाट मात्रै पनि कर्जा प्रवाह गरिरहेको बताउनुभएको थियो ।
मउवासंघका वरिष्ठ उपाध्यक्ष दिपक उप्रेतीले व्यवसायी तथा बैंकर्सबीच सौहार्द सरसल्लाहको लागि कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा पनि थप सल्लाह गर्ने वातावरण बन्नुपर्ने धारणा राख्नुभएको थियो ।

Welcome to Our Website

Introduction: With the goal of overall development for the district through professional rights, welfare and the promotion of entrepreneurs of trade and industry, the Makawanpur Chamber of Commerce & Industry (MCCI) was begun in 1966 (2023 BS).

MCCI is a representative organization of the private sector business community in the district. MCCI is a non-political, non-government and non-profit oriented organization aimed at the promotion of trade and Industry.

MCCI is committed to the promotion of commerce and industry in the region as well as the overall economic development of the country. MCCI has made significant contributions to trade and Industry in Makawanpur.

The organization has also been active in the field of social services for public benefit, receiving help and assistance from all public and private sectors. MCCI is an active affiliated member of the Federation of Nepalese Chamber