बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको प्रायोजनमा मकवानपुर उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले ग्रोथ सेलर्ससंगको सहकार्यमा दुई दिवसीय बागमती रोजगार महोत्सव २०८२ आयोजना गरिएको छ । आइतबारसम्म चल्ने महोत्सवको शनिबार समुद्घाटन कार्यक्रम गरिएको थियो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष्ँ प्रमोद सिंह रानाभाटको अध्यक्षता बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यता, हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामा र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा नेउवामहासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्री, इन्द्रसरोवर गापाका अध्यक्ष देवकृष्ण पुडासैनी, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेल, श्रम, रोजगार तथा यातायात मन्त्रालयका विज्ञ सल्लाहकार तुलसी रिजाल, ग्रोथ सेलरका सम्झाना शर्मा, संघका पूर्व अध्यक्षहरु केशव श्रेष्ठ, उत्तमशर्मा ढकाल, अरुणराज सुमार्गीलगायतको आतिथ्यता रहेको थियो ।
महोत्सवमा विभिन्न उद्योग प्रतिष्ठान तथा सरकारी कार्यालयहरुको गरी ३८ वटा स्टलहरु रहेका छन् । शैक्षिक संस्था, बीमालगायतका स्टलहरु पनि महोत्सवमा छन् । उक्त महोत्सव सिधा बस्तुको खरिदबिक्री गर्ने प्रकृतिको नभइ रोजगारीको खोजीमा रहेका युवाहरु लक्ष्ँित गरी उनीहरुको दक्षता म्याच भएमा रोजगार दिनसक्ने रोजगारदाताहरुको स्टल रहने प्रकृतिको रोजगार महोत्सव आयोजना गरिएको हो ।
कार्यक्रममा हेटौंडा नगर प्रमुख मिनाकुमारी लामाले मन्तव्य राख्नुहुदै हेटौंडामा विभिन्न प्रकृतिको मेलाहरु आयोजना हुदै आएकोमा यो मेला युवाहरु लक्षित र महत्वपूर्ण मेला भएको बताउनुभयो । उहाले महोत्सवको उद्देश्य पूरा होसभनि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य अरुणराज सुमार्गीले श्रम, रोजगार तथा यातायात मन्त्रालयले चितवनमा गरेको कार्यक्रमबाट यस कार्यक्रम गर्ने तय हुदा रोजगार महोत्सवको आवश्यक्ता बारेमा आफूले कार्यपत्र नै बनाएर प्रस्तुत गरेको, नया पुस्तालाई स्वदेशमै सम्भावना देखाउन चौतारीको रुपमा महोत्सव आयोजना गरिएको, सक्षम युवाले सहज रोजगारीमा पहुच पाउनुपर्ने उहाको धारणा थियो । सहायक प्रजिअ राजेन्द्र प्रसाद कडेलले रोजगारीको खोजीमा विदेशिने क्रम बढेको, यस्ता कार्यक्रमहरुले उद्यमशीलता र रोजगारी प्रवद्र्धन गर्न मद्दत गर्ने, महोत्सवमा युवाहरुले आफ्नो इच्छाएको क्ष्ँेत्रको स्टलहरुमा परामर्श लिइ आफ्नो सिप, क्षमता पहिचान गर्दै अघि बढ्न सक्ने बताउनुभएको थियो । सिटिइभिटी बागमती प्रदेशका शान्ती लामाले रोजगार महोत्सवले युवाहरुलाई रोजगारीमा जोड्न सकोस् भनि कामना गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य रोसनी ध्ववाजुले रोजगारमा आवद्ध हुन चाहने युवा पिडीलाई स्थानीयस्तरमा रोजगार हुन सिपयुक्त हुन महोत्सवले प्रेरित गर्ने भएकाले अधिकतम लाभ उठाउन युवावर्गलाई अनुरोध गर्दै यस्ता कार्यक्रमहरु थप आयोजना गर्नुपर्ने बताउनुभएको थियो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले दैनिक हजारौं युवा विदेशिने आंकडा रहेकाले युवाहरुलाई स्थानीयस्तरमा रोजगार सिर्जना गर्नुपर्ने आवश्यक्ता औल्याउनुभएको थियो । न्यूनतम पारिश्रमिक सुनिश्चित हुनुपर्ने, रोजगार सिर्जना गर्ने खालका धेरी भिजनरी कार्य गर्न सकिने, देशभित्रै रोजगारका अवसर बढ्दै गएको बताउनुहुदै यस्ता महोत्सवले पनि रोजगार हुन टेवा पुग्ने धारणा व्यक्त गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले बागमती प्रदेशभित्र २३ लाख श्रमिकहरुले काम गरिरहेको र अन्य विदेशिएको बताउनु हुदै सिप अनुसारको श्रम गर्न रोजगार महोत्सवले अवसर प्रदान गर्नसक्ने, उद्योग प्रतिष्ठानमा दक्ष श्रमिकको आवश्यक्ता रहेको, बागमती प्रदेश सरकारको रोजगार महोत्सवको अवधारणालाई नेउवामहासंघ बागमती प्रदेश र मउवासंघले सार्थक बनाउन कार्यक्रम गरिएको, सर्टिफाइ दक्ष श्रमिकले रोजगारी निश्चय नै पाउने, श्रमको सम्मान गर्ने संस्कारको विकास गर्न जरुरी रहेको बताउनुहु“दै श्रम गर्न चाहने र रोजगारदातालाई एउटै स्थानमा जुटाइ रोजगार सुनिश्चित गर्न रोजगार महोत्सव अत्यन्त महत्वपूर्ण हुने बुझाइ व्यक्त गर्नुभएको थियो । श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले विगतमा हाम्रो अनुभव बस्तु प्रत्येक्ष बिक्री गर्ने वा मार्केटिङ गर्ने अभ्यास थियो । तर यो महोत्सव फरक ढंगको रोजगार सम्बन्धी भएको, प्यानल डिस्कशनबाट थप निश्कर्ष आउने, युवाहरुलाई नकारात्मक मनस्थिति निर्माण हुने अवस्थालाई हटाइ रोजगारीमा महोत्सवले जोड्ने, उद्योग व्यवसायले देशलाई कर प्रदान गरी प्रत्येक्ष मद्दत गरिरहेको र रोजगारी पनि दिइरहेकोले उद्योग व्यवसाय क्षेत्रलाई बागमती प्रदेशले सघाउन चाहिरहेको, देशको समृद्धिको यात्रालाई रोजगारी सिर्जना गरेर अघि बढ्न श्रम, रोजागार तथा यातायात मन्त्रालयले मात्र नभइ सबैको प्रयत्न आवश्यक रहेको, राज्यलाई प्राप्त भइरहेको रेमिटेन्सको दुईतिहाई फेरी विदेश नै फर्किएको अवस्था रहेको, दक्ष श्रमशक्तिको अभाव रहेको र युवाले रोजगारी चाहिरहेको बीचमा सन्तुलन बनाउन आवश्यक रहेको, प्रदेश सरकारले उद्योग प्रतिष्ठानलाई चाहिने किसिमको दक्ष श्रमशक्ति तयार गरी उपलब्ध गराउन चाहेको, प्लस टु सकेका आइटी क्ष्ँेत्रमा रुची भएका १००० जनालाई दक्ष बनाउने कार्यको शुरुवात मन्त्रालयले गरेको, प्रदेश सरकारले कृषि क्ष्ँेत्रमा राम्रो प्याकेज ल्याएको, व्यवसायिक लाइसेन्स दिनेगरी युवाहरुलाई ड्राइभिङ तालिम दिन गइरहेको, बागमती प्रदेशका युवाहरुलाई रोजगारीमा जोड्न मन्त्रालयले विभिन्न कार्यक्रम ल्याएको, बागमती प्रदेशका उद्योग वाणिज्य संघहरुसंग सहकार्य गरी रोजगारी बृद्धिमा काम गर्न सकिने, सिक्दै कमाउदै जस्ता अवधारणामा काम गर्न सकिने, निजी क्ष्ँेत्रले रोजगारी सिर्जनमा ठूलो भूमिका खेल्ने उहाको धारणा थियो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले देशमा रोजगारको विषम संकटको समयमा श्रम, रोजगार तथा यातायात मन्त्रालयले बागमती रोजगार महोत्सव २०८२ आयोजना गर्ने मौका दिएकोमा धन्यवाद व्यक्त गर्नुहु“दै युवावर्ग देशमै सिप सिकी रोजगार हुन चाहिरहेको विचार व्यक्त गर्नुभएको थियो ।
महोत्सवमा शनिबार व्यवसाय शिष्टाचार वर्कसप कार्यक्रम आयोजना गरिएको थियो । कर्पोरेट टेनर माण्डु बज्राचार्यले करिव १०० जना युवाहरुलाई शिष्टाचार सम्बन्धमा प्रशिक्षित गर्नुभएको थियो । त्यसैगरी शनिबार नेपालमा युवा वेरोजगारीः चुनौती र सम्भावना विषयक प्यानल डिस्कशन कार्यक्रम भएको थियो । जसले सहभागि युवाहरुलाई सिपयुक्त हुन अभिप्रेरित गरेको थियो भने, आइटी, बीमा, ड्राइभिङ क्ष्ँेत्रमा सिपयुक्त हुनसकेमा रोजगारीको प्रशस्त सम्भावना रहेको विमर्श गरिएको थियो । प्यानल डिस्कशनमा नेपाल खवरका कन्सल्टिङ एडिटर कुवेर चालिसेले मोडेरेटरको भूमिका निर्वाह गर्नुभएको थियो भने प्यानलिष्टको रुपमा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, किम्बु टेकका सिइओ कर्मिका थापा र सिटिजन लाइफ इन्स्योरेन्सका सिइओ पोशकराज पौडेल गरी तीन जनाले आफ्नो प्रेरणादायी भनाइहरु कार्यक्रममा राख्नुभएको थियो ।
पहिलो दिनको कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको थियो भने दोश्रो दिनको कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कार्यालयले आयोजना गरेको थियो । दोश्रो दिन आइतबार स्टल प्रदर्शनी यथावत हुनुका साथसाथै श्रममा युवा, प्रदेश सरकारको भूमिका विषयमा प्यानल डिस्कशन सम्पन्न गर्दै बागमती रोजगार महोत्सव २०८२ समापन गरिएको थियो ।
Introduction: With the goal of overall development for the district through professional rights, welfare and the promotion of entrepreneurs of trade and industry, the Makawanpur Chamber of Commerce & Industry (MCCI) was begun in 1966 (2023 BS).
MCCI is a representative organization of the private sector business community in the district. MCCI is a non-political, non-government and non-profit oriented organization aimed at the promotion of trade and Industry.
MCCI is committed to the promotion of commerce and industry in the region as well as the overall economic development of the country. MCCI has made significant contributions to trade and Industry in Makawanpur.
The organization has also been active in the field of social services for public benefit, receiving help and assistance from all public and private sectors. MCCI is an active affiliated member of the Federation of Nepalese Chamber
Add Comment