News & Events

मउवासंघको धान दिवश २०८२ कार्यक्रम सम्पन्न (२०८२ आषाढ १५)


मकवानपुर उद्योग वाणिज्य संघले गत वर्ष झैं यस वर्ष पनि धान दिवश २०८२ कार्यक्रम गरी मनाएको छ । यसपटक हेटौंडा–१७ स्थित पत्केरी फा“टमा कृषक खुश प्रसाद सुवेदीको खेतमा धान रोपेर धान दिवश मनाइएको हो । संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षता तथा बामगती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संघका पूर्वअध्यक्ष केशव श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपक उप्रेती, संघका राजश्व सल्लाहकार प्रदिप अर्याल, सचिव कुल प्रसाद चौलागाई, कृषि प्रवद्र्धन समिति संयोजक तथा कार्यसमिति सदस्य निलम कुमारी पाण्डे, कासस कृष्ण हुमागाई र महिला उद्यमी विकास समितिका पूर्व कावा सभापति देवकुमारी ढकालको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहु“दै संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले आजको कार्यक्रम मुल रुपमा धान रोपेर मनाउने दिन रहेको, मउवासंघ अन्तर्गत रहेको विभिन्न समितिहरु मध्ये कृषि प्रवद्र्धन समिति एक रहेको, गत महिनामात्र पालिकाका प्रमुखहरुलाई निम्त्याइ कृषि सम्बन्धी योजनासहितको प्रस्तुतिकरण कार्यक्रम गरिएको, कृषकहरुलाई लाभ पुगोस् भनेर कृषि प्रवद्र्धन समिति सक्रियतापूर्वक लागेको बताउनुभएको थियो ।
कृषि प्रवद्र्धन समितिका संयोजक निलम कुमारी पाण्डेले कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरु गरिरहेको, पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरु समक्ष स्थानीय कृषकहरुको लागि कृषिमा पर्याप्त बजेट विनियोजन गर्न अनुरोध गर्दै आएको, कृषकहरुलाई समयमै मलको सहज उपलब्धता हुनुपर्ने उहा“को भनाइ थियो ।
मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष तेजराज अधिकारीले किसानले उपयुक्त मुल्य नपाउने समस्या सधै रहेको र परम्परागत कृषि पर्याप्त नभएकाले आधुनिक कृषितर्फ स्तरोन्नती हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेश सभा सांसद कुमारी मोक्तानले धान दिवस कार्यक्रम सान्दर्भिक रहेकाले कार्यक्रमको उद्देश्य पूरा होस् भन्ने कामना गर्नुहु“दै कृषि पेशालाई प्रोत्साहन तथा संरक्षण गर्नुपर्ने र कृषि नीतिलाई आधुनिकीकरण गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

Welcome to Our Website

Introduction: With the goal of overall development for the district through professional rights, welfare and the promotion of entrepreneurs of trade and industry, the Makawanpur Chamber of Commerce & Industry (MCCI) was begun in 1966 (2023 BS).

MCCI is a representative organization of the private sector business community in the district. MCCI is a non-political, non-government and non-profit oriented organization aimed at the promotion of trade and Industry.

MCCI is committed to the promotion of commerce and industry in the region as well as the overall economic development of the country. MCCI has made significant contributions to trade and Industry in Makawanpur.

The organization has also been active in the field of social services for public benefit, receiving help and assistance from all public and private sectors. MCCI is an active affiliated member of the Federation of Nepalese Chamber