
जेन–जी प्रदर्शनीको क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा बुधबार हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ र मकवानपुर होटल एशोसिएशनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटले ज्यान गुमाएकाहरुको चिरशान्तिको कामना गर्नुहुदै परिवारजनमा समवेदना तथा घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल र निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्र प्रसाद चौलागाईले पनि मन्तव्य राख्नुहुदै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

Add Comment