
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा मकवानपुर जिल्लाका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसंग शुक्रबार छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले उद्योगी÷व्यवसायीहरुले विभिन्न समस्याहरु भोगिरहेको बताउनु भएको थियो । उहा“ले युवा दुव्र्यशनी, वैदेशिक पलायन जस्ता विषय पनि समस्याको रुपमा रहेको, व्यवसाय गरिरहेको सबैलाई दर्ताको दायरामा ल्याउन आवश्यक रहेको, बजार अनुगमनमा उवासंघको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, मउवासंघ सहकार्य गर्न तयार रहेको जस्ता भनाइहरु राख्नुभएको थियो । संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीले सुरक्षा चुनौती बढ्न सक्ने परिस्थिति प्रति सतर्क रहनुपर्ने, जेनजी प्रदर्शनीको क्रममा भएको चोरी, लुटपाट र आगजनीको मुल्यांकन र भावी सुरक्षा बारे संवेदनशील हुनुपर्ने जस्ता भनाइ राख्नुभएको थियो । संघका निवर्तमान अध्यक्ष कृष्ण कुमार गुप्ताले खाद्यान्न, कपडा जस्ता सामानहरु चोरी पैठारी भइ आउने गरेकाले नियन्त्रण गर्नुपर्ने बताउनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौंडाको पार्किङ व्यवस्थापनको कार्यविधि बनाइ कार्यान्वयन गर्नुपर्ने, चुरेहिल हस्पिटलमा डाक्टरमाथि हातपात गर्नेलाई पक्राउ गरिसकेको, बिकृति नै संस्कृति बनिसकेपछि सुधार गर्न कठिन हुने, जेनजी प्रदर्शनीतर्फ अपराधी र आन्दोलनकारी फरक रहेको, बजार अनुगमन टर्चर दिनेगरी नभइ सुधार गर्नेगरी गरिने तर अपराध नै गर्नेलाई कारवाहीको दायरामा ल्याइने, मउवासंघले सहकार्य गर्न सकिने विषयहरुमा ठोस प्रस्तावसहित छलफलमा ल्याउन उहा“ले आग्रह गर्नुभएको थियो । कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कटुवाल, पूर्व अध्यक्ष उत्तमशर्मा ढकाल, संघका पदाधिकारी, सदस्यलगायतको उपस्थिति रहेको थियोभने संघका वरिष्ठ उपँध्यक्ष दिपक उप्रेती र महासचिव प्रतिमा श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।


Add Comment