मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका नव आगन्तुक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम खत्रीसंग बिहीबार समसामयिक विषयहरुमा छलफल गरिएको छ । मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी छलफल गरिएको हो । छलफलमा अध्यक्ष रानाभाटले प्रहरी उपरीक्षक श्याम खत्रीलाई स्वागत गर्नुहु“दै मन्तव्य राख्नुभएको थियो । अध्यक्ष रानाभाटले २५ गज सडक विस्तारको विषय अदालतमा विचारधिन रहेको, चौकीटोलस्थित तरकारी बजारमा प्रहरी बिटको आवश्यक्ता रहेको, बढ्दो चोरीका घटनाहरु न्यूनिकरण गर्न कडाइ गर्नुपर्ने, युवा दुव्र्यशनी निरुत्साहित गर्नुपर्ने जस्ता भनाइ राख्नुभएको थियो ।
छलफलको क्रममा पर्यटनमा असर पर्नेगरी भारतीय साना सवारीलाई राजमार्गबाट डाइभर्ट गरी हेटौंडाको बाइपास ढाटमा पु¥याइ करअसुल्ने कार्य रोक्नुपर्ने, अत्यधिक ध्वनि प्रदुषणसहित मोटरसाइकल चलाउने प्रवृत्ति देखिएकोले कारवाही गर्नुपर्ने, अरुलाई असहज हुनेगरी ध्वनि प्रदुषण गरी डान्सबार संचालन गर्ने कार्य रोक्नुपर्ने, सुमो काउण्टर परिसरमा मात्र यात्रुहरुसंग सिट सुरक्षित गर्न वार्तालाप गर्नुपर्नेमा बाहिर सडकमा आइ असम्बन्धित मान्छेहरुलाई डाक्ने कार्य अभद्र देखिएकोले निरुत्साहित गर्नुपर्ने जस्ता छलफल गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहु“दै प्रहरी उपरीक्षक श्याम खत्रीले सल्यान, जाजरकोट, सिन्धुली, धादिङ, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय जस्ता ठाउ“हरुमा कार्य गरी अनुभव लिएको बताउनुभयो । त्यसैगरी उद्योग वाणिज्य संघहरुले उद्योगी÷व्यवसायीहरुलाई संगठित गर्दै एकबद्ध गर्ने गरेको आफुले बुझेको, हेटौंडा कपडा उद्योगलगायत राज्यले स्थापना गरेका उद्योगहरु बन्द भएको उल्लेख गर्नुहु“दै अध्ययनको सिलसिलामा युवा विदेश पलायन हु“दा सामाजिक एकतामा असर पुगेको, अपसी भाइचारा कमोजर हु“दै गएको, समाज सुविधाभोगी हु“दै अघि बढेको, हत्याहिंसा बढ्दै जांदा हिरासत र कारागार भरिंदै गएको, कम पढेलेखेकाहरु बेरोजगारी वा कम पारिश्रमिकमा टिक्न नसकेपछि विदेशिंदा पारिवारिक विखण्डन निम्तिने गरेको, नेपालको गा“जा छिमेकी मुलुकमा पुगी प्रशोधन गरी खैरो हिरोइनको रुपमा नेपाल भित्रिने गरेको र यसै केशमा पछिल्लो एकहप्ताभित्रमै दर्जन बढी युवाहरु हेटौंडामा पक्राउ परेको, हेटौंडा पहिलेदेखि नै सुगम भएर अहिले राजधानी हु“दा पनि बुटवल जस्तो सडक, ट्राफिक, सिसिटिभीको व्यवस्थापन प्रभावकारी नदेखिएको र अब सडक विस्तारको क्रममा हुने अपेक्षा रहेको, सिन्धुलीको खुर्कोटमा सवारी दुर्घटना हु“दा ३५ किलोमिटर टाढाको सिसिटिभीको साहारा लिएर दोषी सवारीचालक पक्राउ गरी क्षतिपूर्तिसहित कारवाही गरिएको अनुभव रहेकोले गुणस्तरीय सिसिटिभी सडक सुरक्षाको लागि आवश्यक रहेको, गुण्डागर्दी नियन्त्रण गर्न प्रहरी परिचालन गरी कारवाही गरिने, विगतमा तीन महिनामा गलत तरिकाले सवारी चलाउंदा २२२ वटा मोटरसाइकल चालकलाई कारवाही चलाएको, सीमित र व्यस्त प्रहरीले गा“जा पूर्णरुपमा नियन्त्रण गर्न कठिनाइ हुने भएकाले सबैको हातेमालो जरुरी रहेको, अहिले हेटौंडा बजारमा २५ गज सडक विस्तार गरिएको क्ष्ँेत्रमा सामान्य व्यापार गरेपनि स्थायी संरचनाहरु बनाउन नहुने जस्ता भनाइ राख्नुभएको थियो । कार्यक्रममा संघमा महासचिव प्रतिमा श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष दिपक उप्रेतीले मन्तव्य राख्नुभएको थियो ।
Introduction: With the goal of overall development for the district through professional rights, welfare and the promotion of entrepreneurs of trade and industry, the Makawanpur Chamber of Commerce & Industry (MCCI) was begun in 1966 (2023 BS).
MCCI is a representative organization of the private sector business community in the district. MCCI is a non-political, non-government and non-profit oriented organization aimed at the promotion of trade and Industry.
MCCI is committed to the promotion of commerce and industry in the region as well as the overall economic development of the country. MCCI has made significant contributions to trade and Industry in Makawanpur.
The organization has also been active in the field of social services for public benefit, receiving help and assistance from all public and private sectors. MCCI is an active affiliated member of the Federation of Nepalese Chamber
Add Comment