
नेपाल र भारतबीच आर्थिक सहकार्य सम्बन्धी एक दिवसीय कार्यक्रम बिहीबार हेटौंडामा सम्पन्न भएको छ । पि.एच.डि. सि.सि.आई. ईण्डिया नेपाल सेन्टरको आयोजना तथा मकवानपुर उद्योग वाणिज्य संघ र सि.एन.आई. बागमती प्रदेशको सहआयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा सिमापारको व्यापार, रेमिट्यान्स, आयात–निर्यात र पूर्वाधार बारे छलफल भएको थियो । त्यसैगरी ईण्डियाबाट नेपालमा लगानी भिœयाउने आधारलगायत, ईण्डिया र नेपालबीचको द्विपक्षीय हितको लागि दिगो उपायहरुको बारे विमर्श गरिएको थियो । बिहारसंग जोडिएका नेपालका जिल्लाहरुको पूर्वाधार विकासको सम्भावनाहरु निक्र्यौल गर्दै आपसी व्यापार सम्बन्ध जोड्ने, सिमापार व्यापारलाई सुरक्षित र प्रभावकारी बनाउदै वृहतस्तरमा व्यापार बृद्धि गर्ने जस्ता विषयहरुमा छलफल भएको थियो । कार्यक्रममा मउवासंघ अध्यक्ष प्रमोद सिंह रानाभाट, पि.एच.डि. सि.सि.आई. ईण्डिया नेपाल सेन्टरका वरिष्ठ सचिव अतुल ठाकुर, सि.एन.आई. बागमती प्रदेशका त्रिलोचन कडेल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मकवानपुर जिल्लास्थित विभिन्न औद्योगिक प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Add Comment