मकवानपुर जिल्लामा उद्योग/ब्यबसाय क्षेत्रमा संलग्न ब्यबसायिक उदेश्य भएका र नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता रहेका फर्महरुले यस संघको सदस्यता लिन सक्छन् ।
सदस्यताको वर्गीकरण:
क) साधारण सदस्य (उद्योग/वाणिज्य):
मकवानपुर जिल्लामा उद्योग व्यवसाय सम्बन्धी काम गरी वसेका दर्तावाला (रजिष्टर्ड) जुनसुकै फर्म, कम्पनी, उद्योग र कारोवार गरिरहेका १.५ करोड भन्दा कम चुक्ता पुजी भएका यस जिल्लाका व्यवसायीहरुले संघको साधारण सदस्यता प्राप्त गर्न सक्नेछ ।
ख) एशोसियट सदस्य:
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका रु. १,५०,००,०००।०० (एक करोड पचास लाख) वा सो भन्दा वढी चुक्ता पूजी भएका राष्ट्रिय, बहुराष्ट्रिय उद्योग, कम्पनी, संस्थान, वैक र २ करोड कुल पुंजी भएका फर्महरु यस संघको एशोसियट सदस्य हुन सक्नेछन् ।
ग) बस्तुगत सदस्य:
विभिन्न व्यवसायिक प्रकृतिका अलग-अलग रुपमा संगठित, संघको रुपमा दर्ता भै मान्यता पाएका संघहरुलाई वस्तुगत तर्फको सदस्यता प्रदान गरिनेछ ।
Add Comment