
मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९औं स्थापना दिवसको अवसरमा हेटौंडाका दुई संस्कृत विद्यालयमा खाद्यान्न वितरण गरेर मनाएको छ । संघले हेटौंडा–१०, राप्ती तट, गोरक्षश्वरधाममा रहेको संस्कृत वेद विद्यालय र हेटौंडा–१८, ठूलोदमार, हर्नामाडीस्थित वैदिक संस्कृत गुरुकुलम्मा गई खाद्यान्न वितरण गरेको हो । मउवासंघका अध्यक्ष प्रमोद सिंह रानभाटको अध्यक्षता, हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्य तथा विद्यालयका प्रधानाध्यापक गणेश धितालको आतिथ्यमा खाद्यान्न वितरण कार्यक्रम भएको थियो । उक्त विद्यालयमा ४० जना अध्ययनरत रहेको र सस्कृतसहित अग्रेजी, गणित विषयमा पनि अध्यापन भइरहेको चर्चा गरिएको थियो ।
त्यसैगरी हेटौंडा–१८ स्थित वैदिक संस्कृत गुरुकुलम्मा मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षता, हेटौंडा–१८ का वडा अध्यक्ष अनिल वानिया“को प्रमुख आतिथ्यता, विद्यालयका उपाध्यक्ष केशवराज पण्डित, संघका सचिव नेत्रप्रसाद खतिवडा, महिला उद्यमी विकास समितिका सभापति सितादेवी भेटवाल, कार्यसमिति सदस्य भुपेन्द्र अधिकारीलगायतको आतिथ्यता रहेको थियो भने विद्यालयका संचालक समितिका पदाधिकारीहरु, विषयगत गुरुहरु र विद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । विद्यालयको जडिबुटी खेती, गौशालालगायतको स्थापना गर्ने उद्देश्य रहेको, विद्यालयमा १९ जना विद्यार्थी र तीनजना शिक्षक रहेको चर्चा गरिएको थियो । विद्यालयका उपाध्यक्ष केशवराज पण्डितले अत्यावश्यक रहेको समयमा खाद्यान्न सहयोग भएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।



Add Comment